Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

एकछिनको लाभका लागि उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगनको सुझाव

२०८१ भाद्र १३, बिहीबार १५:१४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने बताएका हुन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग हो भन्दै उसले आफ्नो जिम्मेवारी भुल्न नहुने बताए ।

‘प्रतिपक्षले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । एक छिनको लाभका लागि, आफ्नो दलमा अप्ठ्यारो परेको छ, दलका साथीहरुलाई जुरुक्क उचाल्छु भनेर क्षणिक लाभ पूरा गर्न र अन्तरविरोधमा खेल्नका लागि यति धेरै पनि बरालिनु पनि हुन्न कि ।

उत्तेजनाको राजनीति गर्न सजिलो हुने भन्दै थापाले तर एक पटक आगो सल्काएपछि त्यसले आफैंलाई पनि जलाउन सक्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरे ।

‘बाल्न सजिलो छ निभाउन गाह्रो छ, उत्तेजनाको राजनीतिक बडो सजिलो हुन्छ, चेतनाको राजनीतिक गाह्रो हुन्छ’, उनले भने, ‘आवेग ओकल्न सजिलो छ, विवेकपूर्ण ढंगले सम्हाल्न गाह्रो हुन्छ ।’

उत्तेजनाको राजनीति बिक्छ भनेर अरु नेताहरुले पनि त्यसको सिको गरेको भन्दै महामन्त्री थापाले यो बढ्दै गएमा सम्हाल्न नसकिने धारणा राखे ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्यादको विषयमा पनि उत्तेजनाको राजनीति भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved