Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

एकछिनको लाभका लागि उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगनको सुझाव

२०८१ भाद्र १३, बिहीबार १५:१४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने बताएका हुन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग हो भन्दै उसले आफ्नो जिम्मेवारी भुल्न नहुने बताए ।

‘प्रतिपक्षले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । एक छिनको लाभका लागि, आफ्नो दलमा अप्ठ्यारो परेको छ, दलका साथीहरुलाई जुरुक्क उचाल्छु भनेर क्षणिक लाभ पूरा गर्न र अन्तरविरोधमा खेल्नका लागि यति धेरै पनि बरालिनु पनि हुन्न कि ।

उत्तेजनाको राजनीति गर्न सजिलो हुने भन्दै थापाले तर एक पटक आगो सल्काएपछि त्यसले आफैंलाई पनि जलाउन सक्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरे ।

‘बाल्न सजिलो छ निभाउन गाह्रो छ, उत्तेजनाको राजनीतिक बडो सजिलो हुन्छ, चेतनाको राजनीतिक गाह्रो हुन्छ’, उनले भने, ‘आवेग ओकल्न सजिलो छ, विवेकपूर्ण ढंगले सम्हाल्न गाह्रो हुन्छ ।’

उत्तेजनाको राजनीति बिक्छ भनेर अरु नेताहरुले पनि त्यसको सिको गरेको भन्दै महामन्त्री थापाले यो बढ्दै गएमा सम्हाल्न नसकिने धारणा राखे ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्यादको विषयमा पनि उत्तेजनाको राजनीति भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

दुर्गा प्रसाईं पुर्पक्षका लागि कारागार चलान 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved