
नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज छापावाला सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।