
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी शुक्रबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।