Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

राजकुमारको ‘हरेक पल’ले मनायो रजत महोत्सव

२०८१ भाद्र ७, शुक्रबार ०९:४३
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । पछिल्लो समय दर्शकमाझ अत्यन्त लोकप्रिय भैरहेको टेलिश्रृंखला हो  ‘हरेक पल’। डि एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिश्रृंखलाले बिहीवार प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ ।

यो लोकप्रिय टेलिश्रृंखला सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको लोकप्रिय हास्य कलाकार तथा यो श्रृंखलाका निर्माता राजकुमार देवकोटाले बताएका छन् ।

आफूले निमाण गरेको टेलिश्रृंखलाले २५ औँ श्रृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुशी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमा समेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा गरेका छन् ।

समसामयिक विषयवस्तुमा आधारित टेलिश्रृंखला ‘हरेक पल’ को निर्देशन सुरेन्द्र थापाले गरेका हुन् । यो श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, बिनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेल आदि कलाकारले अभिनय गरेका छन् ।

यो श्रृंखलामा बाल कलाकारहरु संस्कृति नेपाली तथा समर्पण खतिवडाले पनि अभिनय गरेका छन् । डि एण्ड डी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो टेलिश्रृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ ।

रविन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो श्रृंखलाका छायांकार ज्ञान कुमार कट्टेल हुन् । श्रृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बीना भट्टराईको स्वर सुन्न सकिन्छ ।

’हरेक पल’ का कलाकार तथा निर्माता राजकुमार देवकोटाले हास्य टेलिश्रृंखला ‘झुयाईँ कुटी झ्याईँ’ तथा ‘हर्के हल्दार’ मा शसक्त अभिनय गर्दै आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि उनी आफैंले निर्माण गरेको टेलिश्रृंखला ‘रिसानी माफ’ मा उनी हिराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित भए । अहिले उनी ‘गाह्रो छ हो’ शीर्षकको टेलिश्रृंखलामा पनि व्यस्त छन्, जसमा उनले टिकारामको भूमिका निर्वाह गरेका छन् ।

‘अभिनय र निर्माणको क्रममा हासिल गरेको अनुभवहरुका आधारमा अहिले ‘हरेक पल’ शीर्षकको टेलिश्रृंखला तयार पारिरहेका छौं’, कलाकार तथा निर्माता देवकोटाले आफ्नो श्रृंखलाले २५ भागसम्म आइपुग्दा नै दर्शकबाट पाएको अपार मायालाई हार्दिकताका साथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved