
अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार भने घटेको छ । उच्च मूल्यबाट बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ
चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।