काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।


उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ ।







