
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ।
अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।