सिन्धुपाल्चोक। बलेफी गाउपालिका वडा नं. ५ तथा वडा बाल अधिकार समितिको आयोजना र सिविस संस्थाको समन्वयनमा जनैपूणिर्मा तथा रक्षा बन्धनको अवसरमा बलेफी गाउँपालिका वडा नं. ५ को पर्यटकीय क्षेत्र चिनारी तथा अध्ययन अवलोकन भ्रमण कोठे, ज्यामिरे, चुलिडाँडा, थामडाँडा, फलाटे मन्दिर, कमलामाई मन्दिर, गाउँपालिका नव निर्मित भवन हुदै कपिलेश्वर मन्दिरसम्म पदयात्रा सम्पन्न भएको छ।
पालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष यादव ठकुरी , वडा भित्र रहेका विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु तथा सिविस संस्थाका प्रतिनिधि लगायत वडाबासीहरुको उपस्थिती रहेको थियो ।
अध्यक्ष गंगाबहादुर तामाङले बलेफीभित्र थुप्रै पर्यटकीय सम्भावनाहरु भएका स्थानहरु रहेकाले ती स्थानहरुलाई प्रवद्र्धन गर्न लागि परेको बताउनु भयो । उनले वडा नं. ५ को पर्यटकीय क्षेत्र चिनारी तथा अध्ययन अवलोकन भ्रमण र पदयात्रामा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नु भयो ।