काठमाडौं । आज दिनभरि सबै प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भए पनि राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज बिहान बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज राती पनि सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने विभागको बुलेटिनमा उल्लेख छ।