काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता उद्दव बानियाँ किसान महासंघकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन्।
बुधबार नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले शगणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्य पदमा बाँनियालाई मनोनित गरेका हुन्।
विगत लामो समयदेखि राजनितीमा सक्रिय रहेका बानियाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईका महाधिवेशन प्रतिनिधि समेत हुन्।