
नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रूपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने प्रतितोला १० रूपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।