काठमाडौं : नेपाली सर्जकहरुको भिडमा छुट्टै पहिचान बनाएका युवा सर्जक एवम् गीतकार हुन् लिलाराज बानियाँ । बानियाँले थोरै गीत लेख्छन् तर राम्रा गीत लेख्छन् । संख्यात्मक रुपमा उनले सृजना गरेका गीतहरू बजारमा कमै भएपनि दर्शक स्रोतामाझ लोकप्रिय छन् ।
यसैबीच, उनले सृजना गरेको नयाँ तीज गीत भर्खरै रिलिज भएको छ। ‘दुइटा तिलहरी ’ बोलको गीतमा लिलाराज बानियाँ का उत्कृष्ट शब्दहरू छन् ।
गीतमा लोकप्रिय गायिका कल्पना पराजुलीको सुमधुर आवाज रहेको छ।भने, लिलाराज बानियाँको शब्द र सङ्गीत तथा कर्साङ लामाको एरेण्ज रहेको गित पारिजात स्टुडियोमा रेकर्ड गरेका हुन् । गीत मौलिक छ।
गीतको अडियो जति अब्बल छ, भिडियो झन आकर्षक बनाइएको छ। रश्मि भट्ट, राकेश श्रेस्ठ,रोजि थापा,साकार क़ेसि लगायतका कलाकारहरुको आकर्षक नृत्य सहित अभिनय भिडियोमा देख्न सकिन्छ।
भिडियोको निर्देशन सुमन्त बानियाले गरेका छन् । आकर्षक फ्रेममा सुजन तोलाङेले खिचेको भिडियोलाई रोशिक श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियो Star Films को युट्युब च्यानलबाट रिलिज गरिएको हो।