
नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।
अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला १७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।