Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’

२०८१ श्रावण २२, मंगलवार ०८:०४
Shares
Facebook X Messenger WhatsApp

नवलपरासी : बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका-५ राम्चेका ८० वर्षीय जयबहादुर चितौरेलाई पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बर्सेनी पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले छोप्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।

‘गाउँको शिरमा भिर छ। त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँको पिर छ। पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन’, उनले भने। हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ। केरुङेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य छन्। हुप्सेकोट गाउँपालिका-५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ। गाउँ नजिकै बर्सेनी सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ]को स्थानीय बताउँछन्।

२०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी पहिरो गएको थियो।  राम्चे पहिरो  अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा परेको हुप्सेकोट गाउँपालिका-५ का वडाध्यक्ष पदम रानाले बताए। ‘पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ’, उनले भने, ‘बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ। राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नु परेको छ।’

पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्। बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन्।स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ। ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन्।’

पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ।  पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताए।

‘पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्‍यो’, उनले भने, ‘पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन।’

हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो। २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिकाले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो। तर पाँच वर्ष हुँदा पनि शुरु हुनसकेको छैन।

राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। यही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अलपत्र परेको उनको भनाइ छ।रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved