Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विद्युत लाइन काट्न जाँदा प्राधिकरणका कर्मचारी कुटिएको कुलमानको गुनासो

२०८१ श्रावण १८, शुक्रबार १६:४४
Shares
Facebook X Messenger WhatsApp

नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगको पैसा नउठाएको भन्दै विद्युत प्राधिकरणका कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाउन थालेकाे गुनासो गरेका छन् । आज लेखा समितिमा विद्युत वक्यौताको विषयमा भएको छलफलमा कुलमानले यस्तो बताएका हुन् ।

‘विद्युतको पैसा नतिरेका ग्राहकको घरमा लाइन काट्न जाँदा संखुवासभामा स्थानीयले प्राधिकरणको कर्मचारीलाई कुटेर पठाएका छन् । स्थानीयले उद्योगबाट विद्युतको पैसा नउठाउन अहिले सर्वसाधारणको घरमा आएर लाइन काट्ने भनेर कुटेर पठाएका छन् । हामीले मासिक ९ अर्ब विद्युत वक्यौता उठाउने गरेका थियौं । तर, अहिले उद्योगबाट पैसा नउठाएको भन्दै विद्युतको पैसा कम उठ्न थालेको छ । हामीले पनि प्रति महिना ७ अर्ब पैसा ऋण लिएको निकायहरुलाई तिर्नु पर्ने हुन्छ । उपभोक्ताले विद्युत वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैन ।’

उद्योगले प्रयोग गरेको बिल गलत छ भनेर भन्न नसकिने उनले बताए । ‘प्राधिकरणमा छलफल गरेर हेरेर नै बिल काटेको हो । प्राधिकरणले काटेको बिलमा चित्त नबुझे प्राधिकरणको पुनरावेदनमा जन सकिने व्यवस्था रहेको छ । त्यहाँ आएका नर्सिङ कलेजहरुको पुनरावेदन भएको छ’, उनले भने, ‘उद्योगीहरु त्यहाँ किन आउनु भएन । विद्युत नियमन आयोगमा पनि वक्यौताको ५ प्रतिशत शुल्क तिरेर जान सक्ने ठाउँ छ । वक्यौता तिर्न बाँकी रहेको उद्योग कतै गएनन् । अदालत गए भने मुद्दा हार्ने अवस्था रहेको छ ।’

सुरुमा ३४१ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका थिए । त्यसमध्ये १८५ डेडिकेडेट र ५४ वटा ट्रंक लाइन प्रयोग गरेका थिए । ति उद्योगहरुले सुरुमा २ अर्ब पैसा तिरेका छन् । सरकारी र निजी संस्थाहरुले समेत ट्रंक र डेलिकेडेट लाइन प्रयोग गरेका थिए । हेटौंडा र उदयपुर सिमेन्टले सुरुमा विद्युतको पैसा तिरिरहेका थिए । निजी क्षेत्रले पैसा तिर्न छाडेपछि सरकारी सिमेन्ट कम्पनीले पनि अहिले विद्युत वक्यौताको पैसा तिर्न छोडेका छन् ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ ।

प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

योग दिवसमा सामुहिक योगाभ्यास

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved