Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु : दुई नर्स निलम्बित

२०८१ श्रावण १७, बिहीबार १३:१०
Shares
Facebook X Messenger WhatsApp

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।

अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए । उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।

‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो’, उनले भने ।

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved