
नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको छ।
आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर रेकर्ड नजिक पुगेको छ।
आज सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ कम हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।