Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

लाईभ दोहोरी को मज्जा अर्कै छ गायक- राजेन्द्र पाठक

२०८१ श्रावण १७, बिहीबार ०६:३६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं -सानोबाबु पाठक र रत्न कुमारी पाठक को कोखबाट नुवाकोट जिल्लाको तादी गाउँपालीका वडा नम्बर ४ मा जन्मनुभएका गायक हुन् राजेन्द्र पाठक उहाँ विगत लामो समयदेखि गीतसंगीतको यात्रामा रहेका छन्। प्रस्तुत छ उहाँ गायक सँग ओके टिभि नेपाल डट कमका लागि संवाददाता दिनेश भण्डारीले तयार पारेका छोटो र समसामयिक कुराकानी.

(१) आज भोलि के मा व्यस्त हुनुहुन्छ ?

आजभोलि अब यस्तै हो। आफ्नो पेशा भनेपनि व्यवसाय भनेपनि गीत संगीत नै हो अहिलेसम्म यही गीत संगीतकै लाइभ दोहोरीतिर व्यस्त छु। र आफ्नो सानो व्यवसाय छ। यसैमा अल्झिरहेको छु ।

(२) गीत संगीत बाहेक अरु के के गर्नु हुन्छ  ?

मेरो व्यक्तिगत पेशा त गीतसंगीत नै हो। यो गीतसंगीत बाहेक पनि घरपरिवारको राय सल्लाह सुझाव अनुसार सानो स्टेसरी पसल छ यही हो अरु खासै केही गर्दिन।

(३) गीत संगीत मा तपाईं को यात्रामा कसरी  सुरु भयो ?

म बाल्यकाल देखी नै गाउंन अत्यन्तै रूचाउंथे । स्कुल गाउघर वनपाखा मेला पर्वमा गाउंदै पढ्दै उमेर‌संगै एस. एल. सी . पछि काठमाडौं आएर रेडीयो एफ एम् तीर गाउंदैगर्दा धेरै स्रोता ले मन पराउनुभयो र मलाई एल्बम को लागी अबसर दिनुभयो यसरि नै सुरु भयो जस्तो लाग्छ।

(४) तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?

धेरै राम्रा प्रतिभाहरू लुकेका छन गुज्रेर रहेका छन यस्ता कला भयकाहरूले मौका पाउन अगाडी बढुन् एउटा छुट्टै खालको ब्वयस्थीत ढंगले गीत संगीतको मर्यादा भैदिए राम्रो सृजनाहरुले बजार पाउँथ्यो र अझ हौसला बढ्यो गीत संगीत समाज र मेला महोत्सवमा गुन्जिने र सदाबाहार होस जस्तो लाग्छ ।

(५) गीत संगीतलाई आम्दानीको स्रोत बनाउन सकिन्छ ?

सकिन्छ किनभने धेरै कलाकारहरू गीतसंगीतबाट नै बाँचेका छन्। कतिपय कलाकारहरूले गीतबापत लिने पारिश्रमिक र कतिपय कलाकारहरुले आफ्नै युट्युब च्यानल फेसबुक च्यानलहरुबाट आएका रकमलाई आम्दानीको स्रोत बनाएका छन्। राम्रोसँग लाग्ने हो र मेहनतका साथ गीत संगीतमा लाग्ने हो भने गीत संगीतलाई राम्रो आम्दानीको स्रोत पनि बनाउन गाह्रो छैन।

(६)  के कलाकारहरू गीतसंगीतबाट नै बाँच्न सकेका छन्?

गीत संगीतलाई आम्दानीको राम्रो स्रोत बनायो भने गीतसंगीतबाट बाँच्न नसक्ने होइन कतिपय कलाकार बाँचिरहेका पनि छन् र कतिपय कलाकारहरुले गीतसंगीत सँगसँगै आफ्नो व्यवसायलाई पनि अगाडि बढाएको देखिन्छ तर व्यवस्थित तरिकाले गीत संगीतमा लाग्ने हो भने कलाकारलाई बाँच्न कठिन छैन यो क्षेत्रमा लगेर ससज धेरैलाई त छैन यस्लाई राज्यको पनि नजर भैदिए कलाकार लाई अझ सजिलै बाँच्न सकिन्थ्यो।

(७) नेपाली गीत संगीत मा कलाकार ले महोत्सव तथा स्टेज प्रोग्राम हरुमा स्थान पाउन आफ्नो मान्छे वा चिनेको मान्छे चाहिन्छ भन्छन् तपाईं ले कतिको स्थान पाउनु भएको छ ?

नपाएकै भन्न त मिल्दैन ! हल्का फुल्का पाएको छु र यो सही प्रश्न‌ हो । किन की चीनजान र आफ्ना नजीकालाई नै तानीने गरेको पाईन्छ । हो यस्तो प्रवृत्तिले गर्दा राम्रो प्रतिभाहरूले स्टेज प्रोग्रामहरूको स्थानबाट अगाडि बढ्न पाएको देखिँदैन।

(८) नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?

यदी यस्तै तरीकाले चलीरहने हो भने संगीत क्षेत्र को महत्व हराउंन सक्छ र जती सग्दो छिटो यस्ता विकृती हटाउन पर्छ भन्ने लाग्छ ।

(९) आजभोलि को‌ म्युजिक अवार्ड हरु पैसा तिरे पछि मात्र प्राप्त गर्न सकिन्छ भन्छन नी यसमा तपाईंलाई के लाग्छ?

नसुनेको हैन बजारमा यस्ता कुरा सुनेको छु । तेती धेरैतीर त मैले समय पनि त्यस्तै परेर हो ब्यस्तताको कारण कुनै ठाउहरूमा  सहभागी हुन सकिएन सहभागी भयकोमा म संग चाई पैसाको बार्गेनींग भाको छैन र मैले जीतेको पनि छैन । सुनिन्छ म्युजिक अवार्ड हरु गर्नेले अवार्डहरुलाई कमाइको धन्दा पनि गरेको छन् भन्ने सुनिन्छ नहोला भन्न सकिन्न।

(१०) गीत संगीत  बजार मा सार्वजनिक गर्दा विषेश ध्यान दिन पर्ने कुराहरु छोटकरीमा उल्लेख गर्नुहोस्?

१) सर्वप्रथम त सभ्य तरीकाले सृजना गर्नु राम्रो ।

२) समय सापेक्षीक गर्दा राम्रो ।

३) भाका न जुधोस र

४) कतैबाट र जो कोही ठगीन नपरोस ।

(११) गीत संगीत मा लागेको मान्छे चर्चित हुँदै गए पछि बिदेशी नि गरेको देखिन्छ नी? के कलाकार ले गीत संगीत वाट आफ्नो जिविकोपार्जन गर्न नसक्ने हो ?

 सबैलाई सोचे जस्तै गीत संगीतमा छैन  र कतीपय थोरै समयमै चर्चामा आउनुहुन्छ। कतीलाई वर्षौं बर्ष संघर्ष गर्दानी उस्तै हालत छ । यो सराबरी नै छ र अर्को कुरा यो समयमा असहज अधीकांश कलाकारलाई छ जस्तो लाग्छ ।

(१२) कसको प्रेरणाले गीत संगीत मा लाग्नु भयो ?

 म सानै देखि गीत संगीत गाउने सुन्ने र स्कुल पढ्दादेखि नै म सांगीतिक कार्यक्रमहरुमा भाग लिने भएकोले मेरो गीत संगीतको प्रेरणा मेरो पहिलो स्थान घर र अध्ययन गर्ने विद्यालय नै हो।

(१३)  तपाईं लाई लाईभ दोहोरी तिर धेरै देखिने गरेको छ नी किन ?

हो गीत संगीत को यात्रा मा एल्बम भन्दा लाईभ दोहोरी गाउँदा छुट्टै आनन्द पनि मिल्छ अर्को कुरा म लाईभ दोहोरी बाटै उब्जिएको कलाकार भयर लाईभ दोहोरीकै धेरै अवसरहरू आउने र आफूलाई पनि यसैमा आनन्द लाग्ने भएको हुनाले म प्रायजसो लाइभ दोहोरी तिरै नै देखिने गरेको छु।

(१४) यतिको चर्चित गायका बन्न कतिको सङ्घर्ष गर्न पर्यो? बिगतका केही रमाइला पलहरु उल्लेख गर्नुहोस्  ?

दु : ख र संघर्ष नै त जीन्दगी हो । संघर्ष अनगिन्ति गरीयो ।शुरूवाती दिनहरूमा आफुले गाएको गीत एफ. एम. रेडियो टिभीमा आउंदा औधी खुशी लाग्थ्योआफन्त साथी भाइ स्रोता दर्शको फोन मार्फत को हौशला ले अत्ती रमाईलो लाग्थ्यो

(१५) तपाईं को सबै गीत संगीत चर्चा मै छन् तर सबै भन्दा चर्चा मा रहेको गीत  कुन हो?

भिउजकै आधारमा हेर्नी हो भनेत अरू अन्य गीतहरूमा धेरै छन तर पनि लोकसंसार मार्फत आएको लाईभ दोहोरी जुन गीत अग्रज कलाकार आदारणीय हरी बहादुर राउत दाई लाई सम्मान छ । जस्को  भाकामा गायिका मिना नेपाल र मैले गाएका थियौं ।”नरौ माया संझेर मलाई ” यो भागामा गाएको लाइभ दोहोरी अझैसम्म पनि चर्चामा छन्। र आफूलाई चिनाउनकै लागि उब्जिएको गीत पनि यही हो जस्तो लाग्यो नै हो जस्तो लाग्छ

(१६) लाईभ दोहोरी मा आएको बिकृति लाई कसरी लिनु भएको छ ?

केही लाइभ दोहोरीतिर कोही कलाकारहरूले गाएका गीतसंगीतहरुलाई गीत संगीत का संस्थाहरुले नकारात्मक रुपले लिनुभएको छ र कोही कलाकारहरुले त्यस्तै नकारात्मक गीत पनि गाउने गरेको देखिन्छ यसलाई विकृति हो भनिन्छ जती सग्दो छिटो आएका विकृतीलाई हटाएर । आईन्दा विकृती नहुनको लागी ब्यवस्थीत ढंगले निती नियम बनाउन सके हुन्थ्यो भन्ने हो ।

(१७) अन्त्यमा के भन्न चाहानु हुन्छ?

हजुरलाई मनै देखी धेरै धेरै धन्यवाद !जानी नजानी मलाई मेरा केहि शब्द राख्नको लागी महत्वपुर्ण समय दिनु भयो हजुर लगायत तमाम दर्शक स्रोता आमा बुवा दाई भाइ दिदी बहीनीमा म बाट केही कतै कमजोरी हुनगयको छ भने क्षमा चाहान्छु ।सधैं यहाहरूकै साथ माया हौशला पाईराखम ।

जय गीत जय संगीत धन्यवाद !

 

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved