काठमाडौं – नेपाली गीत संगीत क्षेत्रमा विभिन्न चाडपर्वहरूको गीतसंगीत बजारमा आउने क्रममा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “कालो कपाल पारेर फरर” भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ उसो त तीज गीतहरूमा नेपाली महिला दिदीबहिनीहरू विभिन्न मठ मन्दिरमा गएर तीजको गीतहरुमा मनोरञ्जन लिने गरेको देखिन्छ।
यस्तै क्रमलाई मध्यनजर गर्दै दर्शक र महिला दिदीबहिनीहरुलाई छमछमी नचाउने कालो कपाल पारेर फरर भन्ने भावनामा गीत सिर्जना भएको छ ।चर्चित गायक तथा लोकगीत संगीत क्षेत्रका धरोहर खुमन अधिकारीको तीजका गीतहरू बजारमा सार्वजनिक हुने बित्तिकै विभिन्न सञ्चार माध्यममा गुन्जिने र लाखौं दर्शक बटुल्ने गरेको देखिन्छ।
उक्त गीतलाई पनि धेरै दर्शकहरुले मन पराउँदै गएको र सञ्चार माध्यममा गुन्जिन थालेको देखिन्छ । खुन अधिकारी र कल्पना पराजुलीको सुमधुर आवाजमा सजिएको गीतमा संगीता भुजेलको मन छुने शब्द सिर्जना र सुरेन्द्र कार्कीको मन लोभ्याउने संगीत छ भने विष्णु तामाङको म्युजिक एरेन्ज रहेको छ।
समिर ठोकार को कोर्योग्राफर र म्युजिक भिडियो निर्देशनमा चर्चित मोडल द्वय विजयपुन र सन्जिता बोलाखे लुइटेल को धमाकेदार अभिनयमा सुशील डाँकी को छायांकन र सम्पादनमा म्युजिक भिडियो सम्पन्न भएको छ। होक्त म्युजिक भिडियोलाई सुरेन्द्र कार्की नामक युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गराइएको छ ।