एकपछि अर्को गरी गएको लगातारको तीनवटा पहिरोमा परी भारतको केरला राज्यमा कम्तीमा ४९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
वायनाड जिल्लामा मंगलबार बिहान करिब २ बजेतिर गएको पहिरोमा परी कम्तिमा ७० जना घाइते भएका केरलाका मुख्यमन्त्रीका प्रेस सचिव पि.एम. मनोजलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
ड्रोन र कुकुरसहित टोलिका साथै २०० भन्दा धेरै सेना र इन्डियन एयर फोर्सको दुई वटा हेलिकोप्टर उद्धार कार्यका लागि परिचालन गरिएको समाचारमा जनाइएको छ।
वर्षाका कारण घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।