
नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
अघिल्लो दिन चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।