
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।
मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।