
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।