
नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।
यो दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।