Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

एसीसी महिला एसिया कप: यूएईविरुद्ध नेपालकी सम्झनाले बनाइन् अर्धशतक

२०८१ श्रावण ४, शुक्रबार १७:३१
Shares
Facebook X Messenger WhatsApp

युवा ओपनर सम्झना खड्काले एसीसी वुमन्स एसिया कपमा यूएईविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो अर्धशतक प्रहार गरेकी छिन् । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनाएको छ । सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनी ८ चौकासहित ५० रनमा क्रिजमा छिन् ।

उनी नेपालबाट महिला टी२० आईमा अर्धशतक पूरा गर्ने पाँचौं खेलाडी हुन् । यसअघि नेपालबाट रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा र पूजा महतोले अर्धशतक पूरा गरेका थिए । समग्रमा दोस्रो छिटो टी२० अर्धशतक पूरा गर्ने नेपाली खेलाडी बनेकी छिन् ।

महिला टी-२० आईमा नेपालबाट पूजा महतोले गत सेप्टेम्बरमा एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ३३ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । त्यसै खेलमा रुविना क्षेत्रीले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् ।

सन् २०२१ मा इन्दु बर्माले कतारविरुद्ध पहिलो टी–२० आई खेलमा ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । त्यसै सिरिजमा कतारविरुद्ध दोस्रो खेलमा रुविना र तेस्रो खेलमा सीताले समान ४७ बलमा अर्धशतक प्रहार गरेका थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved