Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

करूणाभावले सहयोग गर्न खोजेको थिएँ, विवादित बनाइयो: उपसभामुख

२०८१ श्रावण ४, शुक्रबार १६:५१
Shares
Facebook X Messenger WhatsApp

संसद् र सचिवालयमै नभएका व्यक्तिहरूलाई अमेरिका जान भिसाको अन्तर्वातार्ताका लागि उप-सभामुखको हैसियतमा पठाएको पत्र सार्वजनिक भएपछि आलोचित इन्दिरा रानाले ‘करुणाभावले सहयोग गर्न खोजेको विषयलाई पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफू विरुद्ध नियोजित कदम रहेको’ तर्क गरेकी छिन्।

२०२३ मार्चमा अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुन इच्छुक तर संसद् वा उप सभामुखको सचिवालयसँग असम्बन्धित पाँच जना व्यक्तिका लागि उनले उप सभामुखको लेटरप्याडको प्रयोग गर्दै अन्तर्वार्ताका लागि कूटनीतिक मर्यादा नाघेर नेपालस्थित अमेरिकी दूतावासमा सिधै पत्र पठाएकी थिइन्।

आफूसँगै उनले अन्य असम्बन्धित पाँच व्यक्तिको नाम र राहदानी नम्बर समेत खुलाएर अन्तर्वार्ताको मिति छिटो मिलाउन पत्र पठाएकी थिइन्। उनले सो पत्र पठाएको स्वीकार गर्दै शुक्रवार सार्वजनिक गरेको विज्ञप्तिमा २०२३ को मार्च महिनामा महिला सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने अर्को कार्यक्रममा सहभागिताको लागि आफूसहित अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेकाले राजदूतावासमा अन्तर्वार्ताको मिति मिलाउन पत्र पठाएको स्वीकार गरेकी छिन्।

यो पनि : मानव तस्करीमा तानिइन् उप-सभामुख राना, पदीय दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लैजाने प्रयास गरेको आरोप

‘अन्तर्वार्ताको समय लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भइदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ विज्ञप्तिमा भनिएको छ’ कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन। हैन।‘

उनले लेखिएको पत्र पदीय मर्यादा अनुरूप नभएको भनेर आइरहेका प्रतिक्रिया तथा दृष्टिकोणप्रति गम्भीर ध्यानाकर्षण भएको र माया र सद्भाव राखी सचेत गराउन खोजेको भन्दै धन्यवाद दिएकी छिन्। तर करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफू विरुद्ध नियोजित कदम रहेको उनको तर्क छ।

‘मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन। आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौँ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई सेवामा निरन्तर लागिरहेको छु’ विज्ञप्तिमा भनिएको छ।

उनले करुणाभावले सिफारिस गरेको दाबी गरे पनि अमेरिकाको भिसा लगाइदिने भनेर पैसा लिएको र सो पैसा फिर्ता नभएपछि केही महिना अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा उजुरी आएपछि छानबिन गर्दा खोज्दा व्यवहार मिलिसकेको भन्दै विचैमा छानबिन टुङ्ग्याएको सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved