द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए।
‘निमोनिया र बाथरोगबाट पीडित उहाँ केही सातादेखि उपचाररत हुनुहुन्थ्यो,’ शाहले भने।
अम्बिकालाई नेपालको सक्रिय महिला उद्यमीका रूपमा चिनिन्छ।