Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

डेंगुको शङ्का लागे ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह

२०८१ श्रावण ३, बिहीबार १४:१५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शंका लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।

परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको महानगरको डेंगीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे ।

महानगरले उक्त संक्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । ‘डेंगी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो,’ उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।

डेंगीको मुख्य लक्षण 

डेंगी संक्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगीसम्बन्धी फोकलपर्सन भुसालले बताए । ‘टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ,’ उनले भने, ‘एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved