
काठमाडौँ- आजदेखि नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य बढाउनु परेको जानकारी दिएको छ
गएराति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।।