
साताको दोस्रो कारोबार सोमबार सेयर बजार घटेको छ ।
आज बजार १७.१८ अंकले घटेर २२४० अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बजार घट्दा कारोबार रकम भने उच्च छ । अघिल्लो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको कारोबार भएको छ ।
सोमबार कुल ५६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने २ को स्थिर रह्यो ।