
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ ।
आइतबार सेयर बजार ५२.९७ अंक बढेर २२५७ मा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार कारोबार रकम पनि उच्च भएको छ । आज ७ अर्ब ६२ करोडको कारोबार भएको छ ।
२०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ ।