
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।
शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ ७५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।