
गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले सरकार के कारणले ढल्यो र कांग्रेस र एमालेबिचको सहमति के भयो भनेर ढाँट्ने काम भएको बताए ।
वर्तमान सरकार ढल्नुमा बच्चा–बच्चालाई जानकारी भएको लामिछानेले दाबी गरे । बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको उनको दाबी छ ।