
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।