
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो ।
धुलिखेल – ८, पुकुचामा बुधबार बिहान सवा ८ बजेदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।
सडक विभागसँगको समन्वयमा सडकको हिलो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।