
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।
मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।