
काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल स्थित ५० किलोमा गएरातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । गएराति ९ बजेतिरबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो करिब सय मिटर जति भएकेाले अबरुद्ध सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने काम भने सुरु भएको छ ।