Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेपालमा गोतोखोरको संख्या ११० पुग्यो

२०८१ असार २१, शुक्रबार ११:२८
Shares
Facebook X Messenger WhatsApp

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ ।

चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम   सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गरे । ‘देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ,’ उलने भने ।

प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको  बताए । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागी थिए ।

सो अवजसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए ।

कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला  अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

योग दिवसमा सामुहिक योगाभ्यास

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved