Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मेरो इच्छा विपरीत सरकारमा जानु पर्‍यो : महामन्त्री गगन थापा

२०८१ असार २०, बिहीबार १२:१०
Shares
Facebook X Messenger WhatsApp

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चार कर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ कांग्रेस ८४ सम्म प्रतिपक्षमै बन्छ भन्नु भएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो । प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’

थापाले कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसकै बढी रहेको बताए । ‘यो संविधान हामीले अरु कसैका लागि बनाइदिएको होइन । यो संविधानलाई जोगाउने जिम्मेवारी हाम्रो हो,’ थापाले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशीता, समानुपातिक व्यवस्था, सबैको स्वतन्त्रता, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ गर्नेगरी संविधानको पुनरावलोकन गर्ने कांग्रेसको प्रस्ताव हो ।

यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने उनले बताए । ‘हामी सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने हो ।

दुईवटा दल मिल्दै गर्दा कहिलेकाँही सङ्ख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहेपनि सरकारभन्दा बाहिर बसेका नेताहरूले यो सांसदबाटै खबरदारी गर्ने उनले बताए । वर्तमान सरकार सम्पूर्ण रुपमा अल्पमतमा परेको कारण प्रचण्डले मार्ग प्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल सुरु हुने उनले बताए । थापाले आफू सरकारमा नजाने सङ्केत गरे । ‘म महामन्त्री छँदै छु नि,’ तपाई गृहमन्त्री हुने भन्ने सुनिएको छ नि भन्ने संचारकर्मीको प्रश्नमा उनले जवाफ दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved