
काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ। काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित कुमारीटोलको गेटअगाडि सोह्रखुट्टे-बालाजु सडक खण्डमा बुधबार बिहान करिब ११ फिट गहिरो खाल्डो परेको हो।
बिहान करिब साढे ५ बजेतिर ठूलो आवाजका साथ सडक भासिएर पानी निस्किएको स्थानीयवासीले बताएका छन्। भासिएको ठाउँबाट पानी बाहिर निस्किएको छ। ठूलो आवाज पनि आएर सडक भासिएकाले पानीको मूल फुटेको अनुमान गरेको महानगरपालिका-१६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले बताए।
खाल्डोमा एउटा मोटरसाइकल पनि खसेको थियो। चालक सकुशल रहेको प्रहरीले जनाएको छ
खाल्डोमा एउटा मोटरसाइकल पनि खसेको थियो। चालक सकुशल रहेको प्रहरीले जनाएको छ। सडक भासिएपछि बिहानैदेखि यातायात आवागमन ठप्प छ।