Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

भ्रष्टाचारका फाइल खोलेपछि एक रात टिक्न सकेनन् : रवि लामिछाने

२०८१ असार १८, मंगलवार १६:३९
Shares
Facebook X Messenger WhatsApp

पप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्।

‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र!,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र? भन्दै प्रतिप्रश्न गरे।

‘बेचैनीको अरू के अर्थ होला र! एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरिसकेको छ। त्यस्तै तत्काल राजीनामा नदिने पनि रास्वपाले निर्णय गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए। सोही प्रकरणमा त्यही दिन काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए। झामाथि पूरक अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved