
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलसतह सतर्कता तह आसपास रहेको जनाएको छ ।
महाशाखाका अनुसार मेलम्ची नदीस्थित नाकोटेको जलमापन केन्द्रमा हाल (राति ८:३५ बजे)को जलसतह ४.०९५ मिटर रहेको छ ।
जुन सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।