
साताको दोस्रो कारोबार दिन सेयर बजार १६.२९ अंकले बढेर बन्द भएको छ ।
लगातार घटेको बजार सोमबार ०.८० प्रतिशतले बढेर २०५३.२८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
१७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।