
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा झरेको छ । अघिल्लो साता सूचक ८ अंकमाथिले घट्दै २ हजार ५१ विन्दुमा रोकिएको थियो ।
आइतबार दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।