
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहीवार बिहान प्रकाशन हुने भएको छ ।
परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा आज बिहान १० बजे सम्ममा प्रकाशन हुने जानकारी दिएका छन् । पौडेलका अनुसार अहिले बिहान ७ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।
यसअघि बुधवार नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले आजमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको उनको भनाइ छ ।
असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने छ ।
२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।
यसरी थाहा पाउन सकिन्छ नतिजा :