Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अब आउने गीत संगीत को लागि यस्तो छ मनिषा घोरासैनि को तयारी हेर्नुहोस्

२०८१ जेष्ठ २३, बुधबार २१:३४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३ फटक्सिला मा नवराज घोरासैनि र कमला घोरासैनि को कोखबाट २०५६ साल चैत्र २७ गते जन्मनु भएको मनिषा घोरासैनि सानै उमेर देखि गीत संगीत को उच्च स्थानमा देखिन्छ। प्रस्तुत छ ओके टिभि नेपाल डटकम का लागि दिनेश भण्डारी ले उहाँ संग गरेको रमाइलो कुराकानी

(१) आज भोलि के मा व्यस्त हुनुहुन्छ ?

आज भोलि आफ्नै काम,कहिले महोस्त्व र गीत संगीत तिर अनि अध्ययन शिलशिला तिर नै व्यस्त छु ।

(२) गीत संगीत बाहेक अरु के के गर्नु हुन्छ ?

गित सङ्गित बाहेक आफ्नो पढाई लाई अगाडि बढाउदै छु र प्राय जस्तो घरतिर कै काम हरु हुन्छ।

(३) गीत संगीत मा तपाईं को यात्रामा कसरी सुरु भयो ?

म सानै देखि गित गाउन,नाच्न रुचाउने मान्छे हो मेरो घरको महोल नै गित सङ्गित को हुन्थ्यो , अनि स्कुल तिरको कार्यक्रम हरु मा पनि भाग लिन्थे सङ्गित सिक्ने गर्थे गित गाउथे नाच्थे , यस्तै शिलसिलामा मेरो गीत संगीत सुरु भएको हो ।

(४) तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?

सुन्दा आन्नद मिल्ने , नाचुम नाचुम लाग्ने , थकाई मेटाउनेहरेक सब्द र म्युजिकले मन छुने यस्तै भैदिए हुन्थ्यो जस्तो लाग्छ । तर नेपाली समाजमा मा विकृति फैलाउने खालको चाहिँ नहोस् जस्तो लाग्छ।

(५) गीत संगीत लाई आम्दानी को श्रोत बनाउन सकिन्छ?

बनाउन त सकिन्छ तर यो समय मा धेरै गाह्रो छ किन भने यो क्षेत्र निकै मिहिनेत गरेर मात्र सफल बन्न सक्ने क्षेत्रमा पर्दछ । तर कलाकारिता मा लागेको कति पए कलाकार ले बनाएको पनि देखिन्छ।

(६) के तपाईंलाई कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ ?

कलाकार हरुलाई यस क्षेत्र बाटै जिवन चालाउछु बाच्नको लागि नसक्ने हैन सकिन्छ तर धेरै मिहिनेत गर्न पर्छ किन भने गीत संगीत बाट पैसा आउने भनेको युटयबाट हो यसको राम्रो व्यवस्था भयो र आफ्नै भयो भने पछिल्लो समय मा आफ्नो आवश्यकता टार्न अलि सजिलो देखिन्छ हैन भने गित गाएर मात्र चाहिँ कठिन नै छ ।

(७) नेपाली गीत संगीत मा कलाकार ले महोत्सव तथा स्टेज प्रोग्राम हरुमा स्थान पाउन आफ्नो मान्छे वा चिनेको मान्छे चाहिन्छ भन्छन् तपाईं ले कतिको स्थान पाउनु भएको छ ?

स्थान पाउन सकेको छैन | आफ्नो मान्छेलाई प्राथमिकता दिइने गरिएको छ , यस्तो कुराहरु देखिएको पनि छन सुनिएको पनि छन धेरै ठाउँमा आफ्नो र चिनेको कलाकार हरुले स्थान पाउने भएर हो नेपाली गीत संगीत मा राम्रो प्रतिभा भएको कलाकार ओझेलमा परेको ।

(८) नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?

यति नराम्रो संग फैलिसकेको छ कि भन्ने कुनै शब्द छैन नराम्रो सिर्जना राता रात भाइरल भएका छ्न । मिहिनेत गरेर बर्षौ लगाएर लाखौं खर्च गरेर बजार मा आएको एल्बम ले कुनै स्थान पाएको हुन्न र राम्रो सिर्जना छायाँ मा परेको देखिन्छ।

(९) आजभोलि को‌ म्युजिक अवार्ड हरु पैसा तिरे पछि मात्र प्राप्त गर्न सकिन्छ भन्छन नी यसमा तपाईंलाई के लाग्छ?

मैले खासै अवार्ड पाएको छैन , तर जति पाए आफ्नो स्वर , सङ्गित ले गर्दा पाए | तर धेरै सुनेको चाहिँ छु अवार्ड पाउन पैसाको चलखेल हुन्छ भनेर ।

(१०) गीत संगीत बजार मा सार्वजनिक गर्दा विषेश ध्यान दिन पर्ने कुराहरु छोटकरीमा उल्लेख गर्नुहोस्?

पहिला त आफ्नो सिर्जना राम्रो हुन पर्छ , राम्रो सिर्जना सङ्गै राम्रो भिडियो र अडियो पछि आफ्नो सिर्जना सबै सामु पुराउन बिज्ञापन मा ध्यान दिनु पर्छ ।

(११) गीत संगीत मा लागेको मान्छे चर्चित हुँदै गए पछि बिदेशी नि गरेको देखिन्छ नी? के कलाकार ले गीत संगीत वाट आफ्नो जिविकोपार्जन गर्न नसक्ने हो ?

उम त्यति धेरै बुझेको त छैन म पनि नया छु यस क्षेत्र मा तर सुनेको कुरा आफ्नो स्थान सङ्गै आम्दानि नभएका र गीत संगीत बाट राम्रो कामइ गर्न नसक्ने कारण ले बिदेशिने गरेका छन धेरै कलाकार हरु ।

(१२) कसको प्रेरणाले गीत संगीत मा लाग्नु भयो ?

मलाई जन्म दिने बुबा र सानुबुवा यसै क्षेत्र मा लागेर आफ्नो जीवान मा अगाढी बडेको देखेर उहारुकै प्रेरणा ले मलाई पनि गित सङित मा लाग्ने हौसला मिल्यो र अहिले बुबा कै सृजना मा मेरो स्वर छन् ।

(१३) यस क्षेत्रमा लाग्नको लागी तपाई लाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?

मलाई धेरै सपोर्ट छ , भन्ने शब्द छैन म त्यति भाग्यमानी छु मेरो परिवार को पुरा सहयोग पाएको छु ।

(१४) यतिको चर्चित गायिका बन्न कतिको सङ्घर्ष गर्न पर्यो?

बिगतका केही रमाइला पलहरु उल्लेख गर्नुहोस् ?आफ्नो मिहेनत र सङघर्ष त आफ्नो ठाउँमा धेरै गरेको छु तर मेरो बुबा,सानुबुवा,मेरो दाईहरु र सम्पुर्ण घर परिवारको साथ पाएको कारण सहज महशुस गर्ने गरेको छु

(१५) तपाईं को सबै गीत संगीत चर्चा मै छन् तर सबै भन्दा चर्चा मा रहेको गीत कुन हो?

गीत हरु त धेरै छन् तर अलि धेरै चर्चा मा रहेको गीत भन्ने हो भने(गमलामा जाई २,ज्यान जाला होस गर) नै हो ।

(१६) मनिषा घोरासैनि लाई दर्शकले कसरि चिने हुन्थ्यो जस्तो लाग्छ?

एक असल,मिहिनेत कलाकार र सबैलाई सम्मान व्यवहार गर्ने र गित सङ्गित मा लागि पर्ने गायिका हो भनेर चिने हुन्थ्यो जस्तो लाग्छ र म पनि यस्तै बन्न चाहन्छु।

(१७) अन्त्यमा के भन्न चाहानु हुन्छ ?

मलाई छोटो समयमा यति धेरै दर्शक हरुले साथ दिनु भको छ माया दिनु भको छ र मेरो स्वरलाई मन पराउनु भको मनै देखि धन्यवाद भन्न चाहान्छु र अगामि दिन हरु मा आउने मेरो हरेक सिर्जनालाई यसै गरि माया गरिदिनु होला भन्न चाहान्छु । मलाई तपाईं को मिडिया मार्फत यो स्थान दिनु हुने तपाईं र तपाईंको सम्पुर्ण टिम प्रति आभार प्रकट गर्दछु धन्यवाद।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved