
काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायक रामकुमार कार्की र कोपिला तामाङ्ग वाइबाको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। भर्खरै रिलिज “म त सानु रामेछापको” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ।
गीतमा पछिल्लो समयकी लोकप्रिय चर्चित गायक रामकुमार कार्की र कोपिला तामाङ्ग वाइबाको सुमधुर आवाज रहेको छ। प्रेमिला शब्दहरुले भरिएको गीतमा रामकुमार कार्की शब्द अनि संगीत रहेको छ भने राकेश सोनिको एरेन्ज रहेको छ।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।
भिडियोमा लोकप्रिय कलाकार सौरभ जङ्ग कार्की, रुपेश दानी क्षेत्री, प्रकाश जङ्ग बस्नेत, प्रेसनी बस्नेत र कृतिका बस्नेत लगायत अन्य कलाकारहरु फिचर्ड छन् । निर्देशक बिक्रम चौहानको कथा र निर्देशन भिडियोमा रहेको छ ।आकर्षक फ्रेममा प्रकाश खड्काले भिडियो खिच्ने काम गरेका हुन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।