Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अशिम कुमार कटुवालको गीत ‘तिमि मेरो है सानु’: युट्युबमा भ्यूज न्यून तर प्रतिक्रिया निकै राम्रो

२०८१ जेष्ठ १९, शनिबार १२:३७
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : लोक तथा दोहोरी गायक अशिम कुमार कटुवालको विशेषता बेग्लै किसिमको छ। प्रायः आफुले गाउनी गीत आफै लेख्छन् उनी। लेख्ने मात्रै कहाँ होर शब्द अनुसारको मेलोडी पनि आफै तयार गर्छन्। अनि आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याउँछन्।

मौलिकपन मै रहेर हरेकपटक पृथकता दिन प्रयास गर्ने कटुवालले पछिल्लो नयाँ गीत आफ्नै युट्युब च्यानलबाट दर्शक स्रोतामाझ ल्याएका छन्। उनले “तिमि मेरो है सानु” बोलको गीत २ हप्ता अघि बजारमा ल्याएका हुन्। गीतमा अशिम कुमार कटुवाल सँगै कल्पना पराजुलीको सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा प्रेम ढुंगानाको शब्द अनि संगीत भने कटुवालकै रहेको छ।

गीत सुन्दा मौलिक लाग्छ। मौलिकपन भन्दा टाढा गएर कटुवालले मेलोडी बनाएका छैनन् यो गीतमा। मौलिकपनलाई नछोडेर मीठो तरिकाले भाका बनाएका छन् उनले। उसो त, गाउन पनि मीठो तरिकाले गाएका छन्। अशिम कुमार कटुवाल र कल्पना पराजुलीको गायकीको मिठास छुट्टै छ।

झट्ट सुन्ने जोकोहीलाई गीतको अडियोले तानिराख्छ। भिडियो पनि कुनै तामझाम बिना साधारण तर गजब छ। लोकप्रिय मोडल बिजय पुन र जुनु एस डी भिडियोमा फिचर्ड छन्। उनीहरूको आकर्षक डान्स भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन्।चक्र बरालले आकर्षक फ्रेममा खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । नितिन वाइवा भने भिडियोका कोरियोग्राफर हुन्।

गीत रिलिज भएको दुई हप्तासम्म गीतलाई युट्युबमा जम्मा ३३ हजार मात्र भ्युज छ। यो भ्युज निकै कम हो। किनकी यस्तो राम्रो मौलिक गीतमा रिलिज भएको २ हप्तासम्म राम्रै भ्युज आउनुपर्ने थियो। तर गीतले भ्युज पाउन नसके पनि प्रतिक्रिया भने निकै राम्रो पाएको छ।

युट्युबको कमेन्ट सेक्सन हेर्ने हो भने सबै कमेन्ट सकारात्मक छन्। गीत राम्रो भएको सबैको प्रतिक्रिया छ। एउटा पनि नकारात्मक कमेन्ट छैन। अब यो कुरालाई मनन गर्ने हो भने गीत सफल भएको मानिन्छ। तर पछिल्लो समय भ्युजले नै गीत चलेको-नचलेको मापन गर्ने गरिन्छ। जुन आफैमा राम्रो होइन।

जे होस्, गीतले युट्युबमा राम्रो भ्युज पाउन नसकेपनि प्रतिक्रिया राम्रै पाइरहेको छ। राम्रो भ्युज आओस् भन्ने त सबैको चाह हुन्छ नै। तरपनि कम भ्युज आउँदैमा भने यस् गीतका गायक अशिम कुमार कटुवाल दुखी भने छैनन्। सुन्ने र हेर्ने जतिले गीतलाई दिएको राम्रो प्रतिक्रियाले नै आफू सन्तुष्ट रहेको कटुवाल बताउँछन्।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved