Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

पाँचपोखरीको लार्के स्थित निकतातामा बन्यो झोलुङ्गे पुल,स्थानीयमा खुशीयाली

२०८१ जेष्ठ ९, बुधबार ०८:२६
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३मा पर्ने निकतातामा झोलुङ्गे बनेपछि स्थानिय खुशी भएका छन् । लार्के गाउँबाट लगभग ४ घण्टा हिडेर पुगिने निकतातामा पुल बनेसँगै स्थानिले खुशियाली मनाएका छन् । पुल निर्माणसंगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानियले बताएका छन् । लार्के नदिमा नदीमा पुल नहुँदा स्थानीयले मात्र नभएर पर्यटकहरुले समेत धेरै समस्या भोग्दै आएका थिए ।

झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय बुद्धरानी तामाङले बताउनुभयो । हिउँदको समयमा फड्के लगायत अन्य माध्यमबाट पुल तर्दै आएपनि बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । आफ्नो ज्यान जोखिममा पारेर खोला तर्ने गरेका स्थानिय गाउँपालिकाले पुल बनाइदिएपछि खुशि भएका हुन् ।

नवनिर्मित झोलुङ्गे पुलको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै अध्यक्ष लामाले गाउँपालिकाको ६० लाख बजेटमा पुल निमार्ण भएको जानकारी दिनुभयो । उहाँले स्थानियको माग र आवश्यकतालाई सम्बोधन गर्दै पुल निमार्ण गरेको जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गको रुपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा,नौ ताल,आमायाङ«ी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताउनुभयो ।

स्थानिको मागलाई क्रमश पुरागर्दै गएको दावि गर्दै अध्यक्ष लामाले काकताङकुक्तङमा झोलुङ्ग पुल निमार्ण,लार्के सम्मको सडक विस्तार तथा सोलिङ,बत्ति,पाहुना घर निमार्ण लगायतको पालिका मार्फत भएगरेका कामको स्मरण गर्नुभयो । हालसम्म गाउँपालिकाले ११ वटा पुल निमार्ण गरिसकेको जानकारी दिदैँ लामाले अब लार्केको लागि काठको पोल विस्थापित गर्दै फलामे स्थापना गर्ने,याङ«ीमा पक्कि पुल निमार्ण गर्ने, बुद्धपार्क लगायत पर्यटकिय स्थलहरुको पहिचान गर्ने र प्रर्वधन गर्ने काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाको अन्य ठाउँमासमेत झोलुङ्गे पुल निर्माण भइरहेको जनाउँदै जनताको समस्या समाधान गर्न र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको लामाले बताउनुभयो । गाउँपालिकाको ६० लाख बजेट र स्थानीयको जनश्रमदानबाट बनेको ११३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवानमनमा सहज हुने र स्थानियको आर्थिक समृद्ध हुने अपेक्षा गरिएको वडा अध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो ।

उहाँले अब होमस्टेको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्धेश्य रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी,वडाका जनप्रतिनिधि लगायत स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved