
नवराज नेपाल-बलेफीः बलेफी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष यादव ठकुरीले वडा नंं ५ कै गुर्दुमका तिन बालबालिकाहरुलाई सहयोग गरेका छन् ।
केही वर्ष अघि आफ्ना दुबै आमा बुबा गुमाएका चक्र बहादुर तामाङ, दावा दोर्जे तामाङ, तेज बहादुर तामाङलाई वडा अध्यक्ष ठकुरीले सहयोग गरेका हुन् ।
यस अघि पनि रासन र लत्ताकपडा सहयोग गरेका ठकुरीले अहिले पनि गाँस, बास, कपास ,शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण ब्यबस्था सहित Nepalese Home मा राख्नको लागि ब्यबस्था गरेका छन् ।
सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।ठकुरीले आफ्नो वडा बासीलाई जस्तोसुकै परिस्थितिमा पनि साथ सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।